नासाको नेतृत्वमा Axiom Space, SpaceX, र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (ISRO) को संयुक्त सहकार्यमा आज Axiom Mission-4 (Ax-4) सफलतापूर्वक प्रक्षेपण गरिएको छ।
यो ऐतिहासिक प्रक्षेपण आज भारतीय समय अनुसार दिउँसो १२:०१ बजे सम्पन्न भयो।
यस मिसनमा ISRO का अन्तरिक्ष यात्री शुभांशु शुक्ला पनि सहभागी छन्, जसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (ISS) मा पठाइएको हो।
Ax-4 मिशनले बहुपक्षीय अन्तरिक्ष अनुसन्धानमा नयाँ उदाहरण प्रस्तुत गर्दै भारतका लागि गर्वको क्षण बनेको छ। यो सहयोगले भारतको अन्तरिक्ष कार्यक्रमलाई नयाँ स्तरमा पुर्याउने विश्वास गरिएको छ।