बेलायतको क्याम्ब्रिज क्षेत्रमा चलेको रेलभित्र सामूहिक छुरा प्रहारको घटना भएको छ। यस घटनामा कम्तीमा ९ जना मानिस गम्भीर रूपमा घाइतेभएका छन्। स्थानीय प्रहरीका अनुसार, दुई जना सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ र घटनाको अनुसन्धान तीव्र गतिमा अगाडि बढाइँदैछ।
घटनाको समयमा रेल यात्रामा रहेका यात्रुहरूले अचानक हल्ला सुनेपछि डर र अफरातफरी मच्चिएको बताएका छन्। आपतकालीन सेवाका टोलीहरूले तुरुन्तै घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरेका छन्।
बेलायतका गृहमन्त्रीले यो घटनालाई “अत्यन्तै भयावह र अस्वीकार्य हिंसात्मक कार्य” भन्दै दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता जनाएका छन्।
प्रहरीका अनुसार, घटनाको कारण अझै स्पष्ट भएको छैन, तर प्रारम्भिक अनुमान अनुसार यो योजनाबद्ध आक्रमण हुन सक्ने आशंका गरिएको छ।