नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ठूलो गिरावट देखा परेको छ। सूचकांक करिब ६ प्रतिशतले घटेपछि सम्पूर्ण दिनका लागि शेयर कारोबार स्थगित गरिएको हो।
नेप्सेको नियमावलीअनुसार सूचकाङ्कमा पाँच प्रतिशतभन्दा बढी गिरावट हुँदा स्वचालित रूपमा सर्किट ब्रेकर लागू हुन्छ। आजको अवस्थामा बजार निरन्तर तल झर्दै जाँदा अन्ततः ६ प्रतिशतले कमी भई सम्पूर्ण दिनका लागि कारोबार बन्द गर्नुपरेको हो।
वित्तीय विज्ञहरूका अनुसार बजारमा देखिएको यो अस्थिरता हालैको राजनीतिक अनिश्चितता, लगानीकर्तामाझ बढ्दो त्रास, र तरलता समस्याका कारण भएको हो।
लगानीकर्ताले भने बजार छिट्टै स्थिर भइ पुनः विश्वास पुनःस्थापित हुने आशा व्यक्त गरेका छन्।