PUBG Mobile World Cup (PMWC) 2025 को सर्वाइभल स्टेजमा होरा ईस्पोर्ट्सले शानदार प्रदर्शन गर्दै नेपाललाई शीर्ष स्थानमा पुर्याएको छ।
१२ वटा खेलहरूमा होरा ईस्पोर्ट्सले २ वटा चिकन डिनर जित्दै कुल १०८ अंक बटुल्यो। टोलीले कुल ७२ वटा एलिमिनेशन (हत्याहरू) पनि गर्न सफल रह्यो, जसले उनीहरूलाई अन्य प्रतिस्पर्धी टिमहरूभन्दा अग्रस्थानमा राख्यो।
यो नतिजाले होरा ईस्पोर्ट्सलाई PMWC को ग्राण्ड फाइनलमा स्थान सुरक्षित गराएको छ, जुन आगामी साउन १७ देखि १९ गते (अगस्ट १–३) सम्म आयोजना हुनेछ।
यो ऐतिहासिक प्रदर्शनले नेपाली ईस्पोर्ट्स समुदायमा उत्साह थपेको छ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति झनै मजबुत बनाएको छ।