ब्राजिललाई विश्वकप जिताएका फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। नेपाल सुपर लिगको अवसरमा उनी नेपाल आउन लागेको आयोजक एनएसएलले जानकारी दिएको छ।
रोबर्टोले भिडियो सन्देश जारी गर्दै नेपाल आउन लागेको जानकारी दिए। कार्लोसले भिडिओ सन्देश मार्फत आफू नेपाल आउन लागेको बताएका छन्। उनको भिडिओलाई एनएसएलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेको छ।
उनले नमस्ते नेपाल सम्बोधन गर्दै जारी गरेको भिडियो सन्देशमा उनले सबै सहभागि टिमलाई शुभकामना दिएका छन्। उनले भने फुटबलले सबैलाई नजिक ल्याउने र प्रेरणा र सपनाहरुलाई पुरा गर्ने माध्याम भएको र यो लिगले नेपाली फुटबलमा ठुलो सहयोग पुर्याउने विश्वास ब्यक्त गरे।
उनले महत्वपूर्ण प्रतियोगिताका लागि नेपाल आउन लाग्दा उत्साही भएको र छिट्टै भेट हुने आशा व्यक्त गरेका छन्।
कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए। त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए। ५१ वर्षीय कार्लोसले ब्राजिलका लागि सन् १९९२ देखि २००६ सम्म १२५ खेलमा १० गोल गर्न सफल भए।
उनी लेफ्टब्याकमा विश्व उत्कृष्ट खेलाडीमा परिचित छन्। उनले प्रहार गरेका घुमाउरा फ्रिकिक बलले जाली चुम्दाको क्षणहरु दर्शकहरुले भुल्न सकेका छैनन्। उनले क्लब फुटबलमा स्पेनिस क्लब रियाल मड्रिडबाट लामो समय फुटबल खेलेका थिए।