काठमाडौँका विभिन्न स्थानहरूमा आज(शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।
यस्तैगरी, कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ। तोकिएको काम निर्धारित समयअघि सम्पन्न भए अगाडि नै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।