गत सातादेखि सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलन हिंसात्मक रुप लिँदै जाँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ भने २,१०० भन्दा बढी घाइते भएका छन्।
आन्दोलनकै क्रममा सरकारी कार्यालयहरू, सर्वोच्च अदालत भवन, साथै निजी आवासहरूमा आगजनी गरिएको थियो। प्रदर्शनकारी र सुरक्षा निकायबीचको भिडन्तका कारण काठमाडौंदेखि विभिन्न जिल्लासम्म ठूलो क्षति भएको छ।
सुरक्षा निकायले परिस्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको जनाएको छ भने सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार उपलब्ध गराउने आश्वासन दिएको छ।