नेपाल अब फेसबुकको मोनेटाइजेशन सुविधा का लागि पात्र बनेको छ। यससँगै नेपाल विश्वका ७० भन्दा बढी देशहरूको सूचीमा सामेल भएको छ जहाँ कन्टेन्ट क्रिएटरहरूले आफ्नो सामग्रीबाट प्रत्यक्ष आय आर्जन गर्न सक्नेछन्।
यस निर्णयले नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि नयाँ अवसरको ढोका खोलेको छ। अब उनीहरूले भिडियो, रील्स, लेख तथा अन्य डिजिटल सामग्रीमार्फत विज्ञापन र साझेदारी मोडलद्वारा आय पाउन सक्नेछन्।
सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये ठूलो हिस्सा फेसबुकमा सक्रिय रहेका कारण यसले डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्ने तथा युवालाई रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। विज्ञहरूले यसलाई नेपालमा डिजिटल क्रान्तिलाई थप प्रोत्साहन दिने निर्णयको रूपमा लिएका छन्।