पूर्वी नेपालमा ४.४ म्याग्निच्युडको भूकम्प

पूर्वी नेपालमा गएराति ११:१५ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र संखुवासभा जिल्लाको माघाङ क्षेत्र नजिक रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको खबर प्राप्त भएको छैन। स्थानीय बासिन्दाहरूले हल्का धक्का महसुस गरेको बताएका छन्।

भूकम्पपछि स्थानीय प्रशासन र प्रहरी टोली सतर्क अवस्थामा रहेको र आवश्यक परे उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा राखिएको संखुवासभा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपाल भूकम्प जोखिमयुक्त देश भएकाले सर्वसाधारणलाई सतर्क रहन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।