नेपाल विरुद्ध पाकिस्तान — टप एन्ड टी–२० सिरिजको महत्वपूर्ण खेल आज

अष्ट्रेलियाको नर्दन टेरिटरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आज पाकिस्तानसँग आफ्नो अन्तिम समूह चरणको खेल खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने तय भएको छ।

नेपाल हाल अङ्क तालिकामा सातौं स्थानमा रहेको छ र सेमीफाइनलमा पुग्ने आशा जिवित राख्न आजको खेल जित्नु अपरिहार्य मानिएको छ। यसअघि नेपालले सिरिजमा मिश्रित प्रदर्शन गर्दै आए पनि पाकिस्तानविरुद्धको जीतले टोलीलाई नयाँ उत्साह दिने अपेक्षा गरिएको छ।

नेपालका खेलाडीहरूले पछिल्ला खेलहरूमा देखाएको लयलाई निरन्तरता दिन सकेमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास राखिएको छ। क्रिकेटप्रेमीहरू पनि ऐतिहासिक जितको प्रतीक्षामा छन्।