प्राकृतिक विपद : ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी दर्ता भएकोमा कात्तिक मसान्तसम्म ६१ करोडको मात्र भुक्तानी भएको छ। तीन हजार ४१८ निवेदन परेका मध्ये ९०२ को भुक्तानी भएको छ।

सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ५०१ आवेदन परेका छन्। सम्पत्ति बीमा, मोटर बीमा, पशुपक्षी बीमा, र जलविद्युत् आयोजनाका क्षतिहरूमा प्रमुख दाबीहरू परेका छन्।

प्रदेशतर्फ बागमती प्रदेशमा सबैभन्दा धेरै २,९६८ दाबी दर्ता भएका छन्। बीमा पहुँच सीमित भएकाले प्रभावितहरूले पर्याप्त लाभ लिन नसकेको जनाइएको छ।