भारतीय सञ्चार संस्था NDTV द्वारा आयोजित “NDTV World Summit 2025” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। “Risk. Resolve. Renewal.” भन्ने मूल मन्त्रका साथ सुरु भएको सम्मेलनमा विश्वका अग्रणी नेताहरु, वैज्ञानिक, उद्यमी र सामाजिक अभियन्ताहरू सहभागी छन्।
सम्मेलनमा विश्व अर्थतन्त्र, प्रविधिको भविष्य (विशेष गरी कृत्रिम बुद्धिमत्ता), जलवायु परिवर्तन, डाटा सुरक्षा, र राजनीतिक ध्रुवीकरण जस्ता विषयमा छलफल भइरहेको छ।
सत्रहरूमा विचार आदान–प्रदान गर्दै विश्वभरिका समस्याहरू समाधान गर्न नयाँ दृष्टिकोण र सहकार्यका सम्भावनाहरू खोजिने NDTV को भनाइ छ।
नेपाल लगायत दक्षिण एसियाली देशका लागि यस्तो सम्मेलनले अन्तर्राष्ट्रिय अनुभव सिक्ने, नेटवर्क विस्तार गर्ने र नीति निर्माणमा नयाँ दृष्टिकोण ल्याउने अवसर प्रदान गर्न सक्छ।
Post Views: 39