छिमेकी मुलुकहरूबीच वित्तीय सहकार्य विस्तारतर्फ नयाँ पहल
भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (RBI) ले नेपाल, भूटान र श्रीलङ्काका नागरिकहरूलाई भारतीय रुपैयाँ (भारु) मा ऋण दिन सकिने व्यवस्था गरेको छ। यो कदमले भारतका बैंकहरू र तिनका विदेशी शाखाहरूलाई यी मुलुकका नागरिक र संस्थाहरूसँग प्रत्यक्ष आर्थिक लेनदेन गर्न अनुमति प्रदान गरेको छ।
यस निर्णयलाई दक्षिण एशियाली क्षेत्रीय वित्तीय एकीकरणतर्फको ठूलो पहलका रूपमा हेरिएको छ। RBI ले यो नीति “Foreign Exchange Management Act (FEMA)” अन्तर्गतका प्रावधानहरू संशोधन गरेर लागू गरेको हो। नयाँ नियमले अधिकृत भारतीय बैंकहरूलाई सीमापार व्यापार, लगानी, आयात–निर्यात, तथा अन्य वैध व्यावसायिक प्रयोजनका लागि भारतीय रुपैयाँमै ऋण उपलब्ध गराउन अनुमति दिन्छ।