भारतको राष्ट्रिय स्टक एक्सचेन्ज विश्वको शीर्ष १० मा

भारतको नेशनल स्टक एक्सचेन्ज (NSE) ले पहिलो पटक विश्वका शीर्ष १० स्टक एक्सचेन्जको सूचीमा स्थान पाएको छ। ब्रान्ड फाइनान्सको “एक्सचेन्जेस १०–२०२५” प्रतिवेदन अनुसार NSE नवौं स्थानमा रहेको छ। यो उपलब्धिले भारतको वित्तीय बजारमा बढ्दो प्रभाव र विश्वव्यापी आर्थिक क्षेत्रमा यसको महत्वपूर्ण भूमिकालाई उजागर गरेको छ।

यससँगै, भारतको पुँजी बजार अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र प्रभावशाली बन्दै गएको विशेषज्ञहरूले बताएका छन्।