नेपाली भाषाप्रति अपमानजनक भनाइ गर्दा सिक्किम विश्वविद्यालयको विद्यार्थी पक्राउ

सिक्किम विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई नेपाली भाषाप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उक्त विद्यार्थीको स्थायी ठेगाना भारतको वाराणसी रहेको बताइएको छ।

उक्त विद्यार्थीले सामाजिक सञ्जाल WhatsApp मार्फत नेपाली भाषा ‘विदेशी भाषा’ भएको र यसलाई बोल्ने मानिसहरू “नेपाल फर्किनुपर्छ” भन्ने आशयको सन्देश पठाएको आरोप लागेको छ।

यस घटनाले सिक्किम र नेपाली भाषाभाषी समुदायमा तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। स्थानीय बुद्धिजीवी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूले नेपाली भाषा सिक्किमको पहिचानसँग गासिएको भाषा भएको भन्दै यसप्रति असम्मान अस्वीकार्य हुने बताएका छन्।

प्रहरीले अनुसन्धान अघि बढाइरहेको र कानूनी प्रकृया अनुसार कारबाही हुने जनाएको छ।