भूराजनीतिक तनावका कारण क्रूड तेलको मूल्य $७५ प्रति ब्यारेलभन्दा माथि पुग्यो
भूराजनीतिक तनाव तीव्र हुँदै गएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रूड) को मूल्यमा एकाएक उकालो देखिएको छ। मध्यपूर्वमा इजरायल र इरानबीचको बढ्दो द्वन्द्व, साथै विश्व शक्तिहरूको कूटनीतिक प्रयास असफल हुने चिन्ताले तेल बजारमा अस्थिरता निम्त्याएको छ।
अमेरिकाले फिलहाल प्रत्यक्ष सैन्य हस्तक्षेप नगर्ने निर्णय गरे पनि बजारमा अनिश्चितता कायमै रहेको विश्लेषकहरू बताउँछन्। त्यसको असरस्वरूप बुधबार साँझ क्रूड तेलको मूल्य एकैचोटि $७५ प्रति ब्यारेल नाघेको देखियो, जुन पछिल्लो केही सातामै सबैभन्दा उच्च दर हो।
विशेषज्ञहरूका अनुसार यदि क्षेत्रीय तनाव अझ चर्कियो भने तेल आपूर्ति शृङ्खला प्रभावित हुन सक्छ, जसको असर नेपाल लगायत तेल आयातमा निर्भर रहेका देशहरूमा पनि पर्ने सम्भावना उच्च हुन्छ।
यस परिस्थितिमा अन्तर्राष्ट्रिय बजारको निगरानी गर्नुपर्ने र दीर्घकालीन रणनीति तय गर्नुपर्ने आवश्यकता सरकारी तथा व्यापारी क्षेत्रले महसुस गरिरहेका छ |