सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए ।