एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले दिएको जानकारी अनुसार कार्लोस आ बिहान सबा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
कार्लोसले धनगढी एफसी र पोखरा थान्डर्सबीच बुधबार हुने दोस्रो क्वालिफायर खेल हेर्ने आयोजकले जानकारी दिएको छ । उनी शुक्रबारै नेपाल आउने भनिएको थियो । तर, स्वास्थ्यका कारण त्यसबेला रोकिएका थिए ।
५१ वर्षीय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा कार्लोस् टिमका महत्त्वपूर्ण हिस्सा थिए ।