आइएमई पे र खल्ती मर्जरमा जाँदै

भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जर प्रक्रिया अगाडि बढेको छ।

कम्पनीहरूबीच मर्जरमा जान सैद्धान्तिक सहमति जुटेको छ।

हाल आइएमई पेमा एक सय ७० जना र खल्तीमा तीन सय कर्मचारी रहेका छन्। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहने बताइएको छ।

नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै सेयर हिस्सा धेरै रहने बताइएको छ।

मर्जरको लागि सेयर अनुपातको टुंगो लाग्न बाँकी छ।

 

आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चाल गरिरहेको छ। आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ।

खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ।