सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ । शनिबार अहिले बिहान आगलागी भएको हो । प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आइसकेको छैन ।