चिनियाँ एआई मोडल डीपसीकले अमेरिकी बजारमा उथलपुथल मच्चाएको छ । कम लागतवाला एआई च्याटबोट डीपसीकको प्रभावले वाल स्ट्रीटमा झटका लागेको हो ।
जसकारण एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलर बढीको नोक्सान भएको छ । सोमबार बजार खुल्नासाथ अन्य प्रमुअ मेरिकी कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखियो ।
‘डीपसीक’ एप, जसलाई गएको हप्ता लन्च गरिएको थियो । च्याटजीपीटीसहित प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो नै अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप दरिएको छ ।
डीपसीकलाई उसका प्रतिस्पर्धीहरुको लागतको एक अंशका लागि मात्रै विकसित गरिएको थियो । जसले अमेरिकाको एआई प्रभूत्वको भविष्य तथा अमेरिकी कम्पनीहरुले बनाएको लगानी योजनाका सम्बन्धमा प्रश्न उब्जाएको छ ।