प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो छलफलमा संसद अधिवेशनको मितिबारे चर्चा भएको जनाइएको छ । यो भेटमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको भेटमा सहभागी एक नेताले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक वयवस्था छ ।
सरकारले हिउँदृे अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै आलोचनासमेत भइरहेको छ ।