प्रतिकूल मौसमका कारण उडान प्रभावित

प्रतिकूल मौसमका कारण आज देशका विभिन्न विमानस्थलहरूमा हवाइ सेवा प्रभावित भएको छ। खराब मौसमले  भिजिबिलिटी कम भएको कारण उडान प्रभावित भएको जनाइएको छ।

काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालनमा छ ।

आज काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहानबाट उडान हुन सकेको छैन । भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलबाट उडान नभएको  हो।

विशेष गरी तराईमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कमजोर भएर उडान भएका छैनन्।