दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशमा सैन्य कानुन लागू गर्ने आफ्नै घोषणा संसदमा व्यापक विरोध भएपछि फिर्ता लिएका छन्।
सैन्य कानुन अर्थात् ‘मार्सल ल’ लागू गर्ने राष्ट्रपति योलले अप्रत्यासित रुपमा घोषणा गरेका थिए। तर विपक्षी दलका मात्र नभइ सत्तापक्षीय सांसदहरूले समेत एकमत भएर त्यसको विरोधमा संसदमा मतदान गरेका थिए ।
व्यापक विरोध र प्रदर्शनपछि राष्ट्रपति योलले आफ्नै घोषणा दुई घण्टा नबित्दै फिर्ता लिन बाध्य भए।
राष्ट्रपतिको घोषणा लगत्तै राष्ट्रपति कार्यालयको भवनभित्र पस्न प्रदर्शनकारीहरुले बार तोडफोड गरेका थिए। साथै सडकमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो।
एक्कासी सैनिक शासन लागू भएको विरोधमा संसदबाहिर भेला भएका प्रदर्शनकारीहरूले खुशीयाली मनाएका छन्।
‘मार्शल ल’ लागू हुँदा संकटकालमा सैन्य अधिकारीहरूले शासन गर्न पाउनेछन्।
यदि त्यसो हुनगए नागरिकका अधिकार हनन् हुनसक्ने भन्दै उक्त कानुनको व्यापक विरोध भएको हो।