उपनिर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लाका सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक पदधारण गरेका व्यक्ति, उम्मेदवार, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मी, शिक्षकलगायत सबैलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

आचारसंहिता उल्लङ्घन भए उजुरी दिन सकिने र आयोगले कानुनी कारबाही गर्ने बताइएको छ। मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता हुनेछ। यसपटक ४४ रिक्त पदमा निर्वाचन हुँदैछ।