आन्दोलनका कारण पर्यटन क्षेत्रमा ठूलो धक्का, आगन्तुक ३०% ले घटे

हालैका “Gen Z आन्दोलन” का कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। गत वर्षको तुलनामा यस वर्ष करिब ३० प्रतिशत पर्यटक आगमनमा गिरावट आएको विभिन्न निकायहरूले बताएका छन्।

धेरैजसो होटल तथा ट्राभल एजेन्सीमा बुकिङ रद्द भएका छन् भने राजधानीको प्रमुख पर्यटक क्षेत्र ठमेललगायतका व्यावसायिक केन्द्रहरू सुनसानदेखिएका छन्। होटल व्यवसायी, ट्रेकिङ एजेन्सी र रेस्टुरेन्ट सञ्चालकहरूले ग्राहक नआउँदा दैनिक कारोबारमा ठूलो घाटा भएको गुनासो गरेका छन्।

आन्दोलनका कारण उत्पन्न असुरक्षात्मक वातावरण र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाललाई असुरक्षित गन्तव्यका रूपमा चित्रण गरिनु पर्यटन गिरावटको मुख्य कारण भएको पर्यटन व्यवसायीहरूको भनाइ छ।

नेपाल पर्यटन बोर्डले भने परिस्थितिलाई चाँडै नियन्त्रणमा ल्याई पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने योजना अघि सारेको जनाएको छ।