नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङ आगामी २०२६ जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। हाल निर्माणको अन्तिम चरणमा पुगेको यो परियोजनामा आवश्यक परीक्षण सञ्चालन पूरा भएपछि नियमित यातायातका लागि खुला गरिने योजना छ।
हिमाल प्रेसका अनुसार, सुरुङमार्ग सञ्चालनका लागि प्रस्तावित टोल शुल्क दर यसप्रकार छन्:
-
साना सवारी साधन (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस) का लागि रु. ७५
-
मिनीबस, मिनिट्रक र टिपरका लागि रु. १२५
-
बस र ट्रकका लागि रु. २५०
-
काठमाडौं उपत्यकामा प्रवेश गर्ने भारी सवारीका लागि रु. ५००
परियोजना सञ्चालन निजी क्षेत्रमार्फत हुने र टोल असुलीदेखि सुरुङको मर्मत–सम्भारसम्मको जिम्मेवारी ठेक्कापट्टाले पाउनेछ।
यो २.८ किलोमिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाबाट उपत्यका भित्रिने र बाहिरिने यात्रामा हुने जाम र समय खर्चमा ठूलो कमी आउने अपेक्षा गरिएको छ।