साँझ ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बुधबार साँझ ६ बजेका लागि सारिएको छ। यसअघि आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयले बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको जानकारी दिएको छ।

सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो।

आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ।

समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।

प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमती भइसकेको छ। पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ।