कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ। वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ।