प्रतिनिधि सभाको बैठक बस्दै, अध्यादेश पारित गर्न प्रस्ताव पेस गर्ने कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ।

आज बस्ने बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ।

सँगै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरूलाई पनि प्रस्तुन गर्ने कार्यसूची छ।

अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन्।