आज सुन प्रतितोला १ हजार २ सय र चाँदी ५० रुपैयाँले बढेको छ

नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन प्रतितोला १ हजार २ सय र चाँदी ५० रुपैयाँले बढेको हो ।

आज दिन छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज तोलामा ५० रुपैयाँ बढेसँगै चाँदी १ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।